काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको सरकारलाई सघाउन बनेको कार्यदलको बैठक बसिरहेको छ । बैठक बिहान ११ बजेपछि बसेको कार्यदलका सदस्य तथा जसपा नेता रामसहाय यादवले बताए ।
पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रममाथि छलफल भइरहेको नेता यादवले बताएका छन् । दलले साझा कार्यक्रम तय गरेर सरकारलाई प्रभावकारी बनाउने योजना ल्याएका छन् ।
सरकारलाई सहयोग गर्नेगरी गठन गरिएको कार्यदलमा संयोजक खड्कासँगै मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देव गुरुङ, राजेन्द्र श्रेष्ठ, र रामसहाय यादव छन् ।
प्रकाशित मिति : सोमबार, साउन १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्