बुटवल उवासंघमा निर्माण र होजेयरी गार्मेन्ट तथा फूटवेयर बस्तुगत समिति गठन

बुटवल उवासंघमा निर्माण र होजेयरी गार्मेन्ट तथा फूटवेयर बस्तुगत समिति गठन

 

बुटवल ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा थप दुई वटा बस्तुगत समिति गठन गरिएको छ । संघका विषयगत सदस्यहरुको बैठकले निर्माण बस्तुगत समिति र होजेयरी गार्मेन्ट तथा फूटवेयर बस्तुगत समिति गठन गरेको हो ।

निर्माण बस्तुगत समितिको सभापतिमा ज्ञानबहादुर पुन र उपसभापतिमा मनोज गौचनलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा मोहनकुमार पाण्डे, बाबुराम चौधरी, विश्व पाठक, नविन पुन मगर, र विष्णु सुब्बालाई चयन गरिएको छ । त्यस्तै निर्माण बस्तुगत समितिको सल्लाहकारमा मोहनलाल जोशी, मञ्जु भुसाल, जविन कक्षपती, टिकाबहादुर श्रेष्ठलाई यदुनाथ पाण्डेलाई चयन गरिएको छ ।

त्यस्तैगरी होजेयरी गार्मेन्ट तथा फूटवेयर बस्तुगत समितिको सभापतिमा यज्ञप्रसाद भुर्तेल र उपसभापतिमा मुक्तिप्रसाद भण्डारीलाई चयन गरिएको छ । उक्त समितिको सचिवमा कपिलराज अधिकारी, कोषाध्यक्षमा किरण खनाल र सदस्यहरुमा देवलाल अर्गाली, श्रवणकुमार अग्रहरी, सुरेन्द्रराज ज्ञवालीलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा अनिलप्रसाद पाठक र वेगमकुमारी श्रेष्ठलाई चयन गरिएको छ ।

गठित समितिका पदाधिकारी सदस्यहरुलाई शुभकामना व्यक्त गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोरोना महामारीका कारण संघबाट व्यबसायिक हकहितमा अपेक्षाकृत रुपमा काम हुन नसके पनि पहल र पैरवीका कामहरु भईरहेको बताउनु भएको थियो । उहाँले बस्तुगत समितिहरुलाई सम्बन्धित पेशा व्यबसायमा भएका समस्याहरु उठान गर्न र समाधानको लागि पहल र पैरवीका लागि संघमा जानकारी गराउन आग्रह गर्नुभएको थियो ।

बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण बस्तुगत समिति गठनमा संघकी कार्यसमिति सदस्य तथा निर्माण बस्तुगत समिति समन्वयकर्ता जमुना पौडेलले समन्वय गर्नुभएको थियो भने होजेयरी गार्मेन्ट तथा फूटवेयर बस्तुगत समिति गठनमा कार्यसमिति सदस्य तथा उक्त समितिका समन्वयकर्ता नेत्रप्रसाद पाण्डेले समन्वय गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, साउन २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij