सत्तारुढ गठबन्धनले साझा कार्यक्रमलाई अन्तिम रुप दियो , सार्वजनिक गरिँदै

सत्तारुढ गठबन्धनले साझा कार्यक्रमलाई अन्तिम रुप दियो , सार्वजनिक गरिँदै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सत्ता गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रमलाइ आज अन्तिम रुप दिइएको छ ।आज बिहान बालुवाटारमा कार्यदलको बैठक बसेर अन्तिम रुप दिइएको कार्यक्रमलाई अपराह्न ४ बजे सिंहदरबारबाट सार्वजनिक गरिने जनाइएको छ ।

न्यूनतम् साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच छलफल हो । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो ।संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

प्रतिवेदन ११ बुँदामा समेटिएको छ । सत्ता गठबन्धनले शान्तिप्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । यही न्यूनतम साझा कार्यक्रमलाई संयुक्त घोषणापत्रका रुपमा कार्यान्वयन गर्ने गरी सत्ता गठबन्धका दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएर लागु गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : आइतबार, साउन २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij