काठमाडौं – नेकपा (एमाले) को स्थायी कमिटी बैठक सकिएको छ । यसलगत्तै केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बिहान ११ बजेदेखि तुल्सीलाल स्मृति भवनमा बसेको बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले भनेका छन्, ‘बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।’
पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन गरेको थियो । कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेका छन् ।
प्रकाशित मिति : सोमबार, साउन २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्