तिलोत्तमा-तिलोत्तमा चेम्बर अफ कमर्शले आफ्ना एक हजार सदस्यलाई कोभिड विरुद्धको खोप लगाएको छ ।
चेम्बर अफ कमर्शले दुई चरणमा गरी एक हजार जनालाई खोप लगाएको थियो । तिलोत्तमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा चेम्बर अफ कमर्शले व्यवसायीलाई कोभिड विरुद्ध खोपको व्यवस्था गरेको हो ।
एक हजार जना व्यवसायीलो खोप लगाएपनि अझै प्रयाप्त नभएको र थप खोप उपलव्ध गराउनुपर्ने संस्थाका अध्यक्ष बाबुलाल भुसालले माग गरे । छुटेका व्यवसायीलाई अर्को चरणमा खोप उपलव्ध गराइने उनले बताए ।
संस्थाले बिहीबार तिलोत्तमा नगरपालिकामै पाँचसय जना व्यवसायीलाई भेरोसेल खोप लगाएको प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेले बताए । यसअघि पहिलो चरणमा संस्थाले पाँचसय व्यवसायीलाई अमेरिकी जोनसोन एण्ड जोनसोन खोप लगाएको थियो ।
कोरोना महामारीका समयमा व्यवसायीहरु जोखिममा रहेकाले संस्थाको पहलमा खोपको व्यवस्थापन गरिएको संस्थाका महासचिव विष्णु बरालले बताए ।
प्रकाशित मिति : बिहिबार, भाद्र ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्