काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ भने, चाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला तीन सय रुपैयाँले बढेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार आठ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज बढेको छ । चाँदी आज तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्