थप २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

थप २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ भने ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ जना रहेका छन् । जसमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१० जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कित संक्रमित थपिए रु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५१५, झापामा १७९, भक्तपुरमा १४२, कास्कीमा १३१, चितवनमा १०८ र सुनसरीमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ८८, बागलुङमा ४८, रुपन्देहीमा ३९, नवलपरासी पूर्वमा ३२, मकवानपुरमा ३०, काभ्रेपलाञ्चोकमा २९ र नुवाकोटमा २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

दोलखा र गुल्मीमा १७ ,१७ जना, सुर्खेतमा १६, धनकुटा र धादिङमा १३,१३ जना, तनहुँ र दैलेखमा १२,१२ जना तथा पाल्पा र कञ्‍चनपुरमा १०,१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij