बुटवल उद्योग बाणिज्य संघमा औषधि बस्तुगत समिति गठन गरिएको छ । बुधबार बसेको व्यबसायी सदस्यहरुको बैठकले एकदेव बस्यालको सभापतित्वमा समिति गठन गरेको हो ।
समितिको उपसभापतिमा दीपक भट्टराई, सचिवमा ध्रुवकुमार शर्मा, कोषाध्यक्षमा दीपक अधिकारी तथा सदस्यहरुमा सुरज खत्री, नारायण तिवारी, रमेशप्रसाद पाण्डे, लक्ष्मण मण्डारी र किशोर पोखरेललाई चयन गरिएको छ ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले गठित बस्तुगत समितिलाई औषधि व्यबसायीका समस्या पहिचान गर्न आग्रह गर्दै पहिचान गरेका समस्या समाधानको लागि संघले पहल पैरवी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संघको बारेमा जानकारी गराउँदै संघको गरिमा र साख बढ्ने गरी काम गर्न समेत आग्रह गर्नुभयो ।
संघका बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको सभापतित्वमा भएको कार्यक्रमको समन्वय औषधि बस्तुगत समितिका समन्वयकर्ता संघका कार्यसमिति सदस्य सुरज भट्टराईले गर्नुभएको थियो ।
प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्