काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सोमबार साढे २ बजेका लागि बैठक बोलाएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।
संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष र प्रमुखहरूसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन्।
एमालेले गरेको माधव नेपालसहित १४ सांसदको कारबाही रोकेको भन्दै निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ। एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न सभामुखले आग्रह गरेका छन्।
एमालेको अवरोधपछि मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्। साेही विषयमा छलफलको लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्।
प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्