बुटवल
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा डिलर्स बस्तुगत समिति गठन गरिएको सोमबार संघमा बसेको व्यबसायीहरुको भेलाले डिलर्स बस्तुगत समिति गठन गरिएको हो । ताराप्रसाद भण्डारीको सभापतित्वमा गठित उक्त बस्तुगत समितिको उपसभापतिमा विनोद निरौला, सचिवमा सन्दिप खनाल र कोषाध्यक्षमा कौषलराज गैरेलाई चयन गरिएको छ ।
समितिको सदस्यहरुमा विष्णु पाण्डे, चिरञ्जिवी थैव, ज्ञानप्रसाद न्यौपाने, विशाल श्रेष्ठ र उपेन्द्र गौतमलाई चयन गरिएको छ । त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले निजी क्षेत्रको बिकास र प्रवद्र्धनको लागि व्यबसायिक एकता अपरिहार्य रहेको बताउनु भयो । उहाँले बस्तुगत व्यबसायीका समस्या पहिचान गरेर संघमा जानकारी गराउन आग्रह गर्दै समाधानको लागि संघले पहल गर्ने पनि बताउनु भयो ।
संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको समन्वय उक्त समितिका समन्वयकर्ता तथा संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, दीपकप्रसाद चापागाई, काशिराम शर्मा पौडेल, जमुना पौडेल लगायत सदस्य व्यबसायीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्