काठमाडौं – कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान भोली (सोमबार) बाट सुरु हुदैँ छ । भोलीबाट सुरु हुने भेरोसेल खोप असोज १४ गतेसम्म सन्चालन हुने स्वास्थ्य सेवा विभागले जारी गरेको सुचनामा भनिएको छ ।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा, दार्जुलामा १८ वर्ष भन्दा माथिका सम्पूर्णलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै काभ्रे र चितवनमा ३५ वर्ष माथिका सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि लगाइने जनाएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, सर्लाही र अछाममा ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि लगाइने जनाएको छ ।
यस्तै मनाङ, मुस्ताङ, र रुकुमपूर्व बाहेकका जिल्लाहरुमा ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि लगाइने जनाएको छ ।
यस अघि छुटेका अग्रपंतिमा खटिने, अत्यावश्यक सेवा, शिक्षण सेवा, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहरु समेतलाई खोप दिइने छ ।
खोप लगाउन नजिकैको खोप केन्द्रमा जान सकिने छ । खोप लगाउन जाँदा आफ्नो उमेर र पेशा खुल्ने परिचय पत्र अनिवार्य लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।
परिचय पत्र नभएको खण्डमा स्थानिय तहबाट उमेर खुल्ने सिफारिस लिएर खोप लगाउन जान पनि आग्रह गरेको छ । भेरोसेलको दोस्रो मात्रा कार्तिक ४ गतेदेखि कार्तिक १४ गतेभित्र लगाइने बताएको छ ।
प्रकाशित मिति : आइतबार, असोज ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्