काठमाण्डाै – अझै केही दिन देशका धेरै ठाउँमा हिजोजस्तै मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी परेको थियो ।
मनसुन निष्क्रिय भए पनि भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै स्थानीय वायुको प्रभाव पर्दा हिजो धेरै ठाउँमा मेघगर्जनसहित धेरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
यस्तो अवस्था अझै केही दिन रहन सक्ने मौसमविद् अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले स्थानीय वायुको प्रभावका कारण तत्कालै मेघगर्जनसहित पानी पार्ने गतिविधि बन्ने भएकाले यसबारे पूर्वानुमान गर्न कठिन हुने गरेको छ ।
अहिले देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । यी प्रदेशका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ । यस्तै, राति वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य केही ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।
प्रकाशित मिति : मंगलबार, असोज ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्