ओलीको रिटमा सक्कल फाइल मगाउन सर्वोच्चद्धारा आदेश

ओलीको रिटमा सक्कल फाइल मगाउन सर्वोच्चद्धारा आदेश

काठमाडौं ।
नेकपा (एमाले) ले कारबाही गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिटमाथि सर्वोच्च अदालतले सक्कल फाइल मगाउन आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालको संयुक्त इजलासले निर्वाचन आयोग र संसद सचिवालयलाई सक्कल फाइन मगाउन आदेश दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।

सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

यसअघि न्यायाधीश कार्की र मीरा खड्काको संयुक्त इजलासमा गत भदौ २८ गते पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

प्रकाशित मिति : मंगलबार, असोज ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij