नेपाली काँग्रेसको देवदह नगर सभापतिमा गुणाखर भुर्तेल निर्वाचित

नेपाली काँग्रेसको देवदह नगर सभापतिमा गुणाखर भुर्तेल निर्वाचित

देवदह-नेपाली काँग्रेसको देवदह नगर सभापतिमा गुणाखर भुर्तेल निर्वाचित भएका छन । शनिबार सम्पन्न नगर अधिवेशनमा झविन्द्र प्रसाद पाण्डेयलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन । जम्मा २०५ मत खस्दा भुर्तेलले १०३ मत ल्याएर विजयी भएका हुन । उनका निकटत प्रतिस्पर्धी पाण्डेयले १०० मत प्राप्त गरेका थिए । सभापतिमा विजयी भुर्तेल संस्थापनईतर समुहका हुन । संस्थापन पक्षमा देवदह नगरप्रमुख हिरा बहादुर खत्रीको पनि साथ रहेका कारण संस्थापन पक्षले चुनाव जित्ने आँकलन गरीएको थियो तर मतपरिणाम भने फरक आएको छ । उप–सभापतिमा भुर्तेल समुहकै प्रमोद खनाल र संस्थापन पक्षका अमर लामिछाने विजयी भएका छन । उप–सभापतिमा निर्वाचित खनालले ११७ र लामिछानेले १०२ मत प्राप्त गरेका छन । त्यस्तैगरी सचिवमा गणेश तिमिल्सिना,नेत्र रिजाल सह–सचिवमा मिलन मास्के राना र बैरागी थारु निर्वाचित भएका छन ।

प्रकाशित मिति : शनिबार, असोज ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij