काठमाडौं ।
बितेको २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १०३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ८५४ र पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९२ हजार ३६७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६२ हजार ४१६ जना निको भएका छन् । यस्तै हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति : सोमबार, असोज ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्