JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमामा रेविजविरुद्धको खोप अभियान सञ्चालन

तिलोत्तमामा रेविजविरुद्धको खोप अभियान सञ्चालन

तिलोत्तमा

विश्व रेविज दिवस २०७८ को अवसरमा तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा रेविज विरुद्धको निःशुल्क खोप अभियान संचालन भएको छ ।पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा तिलोत्तमा नगरपालिकाले खोप अभियान सञ्चालन गरेको हो । असोज १२ गतेदेखि सुरु भएको रेविज विरुद्धको निःशुल्क खोप अभियान असोज १८ गतेसम्म चल्ने तिलोत्तमा नगरपालिका पशु शाखाले जानकारी दिएको छ ।

असोज १२ गते वडा नम्बर १, २ र ५ मा तथा १३ गते वडा नम्बर ३, ४ र ६ मा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै असोज १४ गते वडा नम्बर ८, ११ र १२ मा, १५ गते वडा नम्बर ९ र ७ मा असोज १६ गते वडा नम्बर १३ र १४ मा, असोज १७ गते वडा नम्बर १० र १७ मा तथा १८ गते वडा नम्बर १५ र १६ मा यो अभियान सञ्चालन हुने नगरपालिका पशु शाखाका प्रमुख राजु कुँवरले बताए । सामुदायिक कुकुर जुन छाडा छोडिएका छन्, तिनलाई मुख्य प्राथमिकतामा राखेर रेविज विरुद्धको खोप अभियान चलाइएको र दोस्रो प्राथमिकतामा घरपालुवा कुकुरलाई लगाइने उनले बताए ।

रेविज विरुद्धको खोप अभियानमा नगरपालिका अन्तर्गत पशु शाखाका प्राविधिकहरु खटिएका छन् । रेविज रोग कुकुर तथा अन्य जंगली जनावरको टोकाईबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिज संक्र्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छ ।
घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले हात धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन पनि तिलोत्तमा नगरपालिकाले अनुरोध गरेको छ ।

नगर प्रमुख वासुदेव घिमिरेले १७ वटै वडामा सञ्चालन भएको खोप अभियानमा आफ्ना घरपालुवा कुकुरलाई सहभागी गराउने काममा सहयोग गर्न नगरबासीलाई आग्रह गरे । “यो अभियानमा भुस्याहा कुकुरका साथै धेरै भन्दा धेरै घरपालुवा कुकुरलाई रेविजविरुद्धको खोप लगाउने हाम्रो योजना छ”–उनले भने । उनले वडा कार्यालयको स्वीकृतिमा मात्रै कुकुर पाल्ने गर्ने नगरपालिकाले कार्यविधि बनाउन लागेको पनि जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, असोज १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij