२४ घण्टामा झन्डै ३ लाख जनाले काेराेनाविरुद्धकाे खाेप लगाए, १ हजार ७८ सङ्क्रमित थपिए

२४ घण्टामा झन्डै ३ लाख जनाले काेराेनाविरुद्धकाे खाेप लगाए, १ हजार ७८ सङ्क्रमित थपिए

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा झन्डै तीन लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ८९ हजार तीन सय ८१ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हिजो बुधवार पनि दुई लाख ८६ हजार जनाले काेराेनाविरुद्धकाे खोप लगाएका थिए । नेपालमा अहिलेसम्म कुल जनसङ्ख्याको २८ दशमलव नौ प्रतिशत अर्थात् ६२ लाख ८५ हजार सात सय ४० जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ७४ लाख ५६ हजार तीन सय ८४ जनाले पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार सात सय ६५ जनाको नमुना परीक्षण गर्दा एक हजार ७८ अर्थात् नौ दशमलव १६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९५ हजार ६१ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९१ हजार पाँच सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप नौ सय ११ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६५ हजार सात सय ५८ पुगेको छ ।

२४ घण्टामा १२ जना सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

अहिले नेपालमा १८ हजार एक सय ६८ जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय ५३ जनाको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : बिहिबार, असोज १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij