JanataToday.com

Advertisment

SKIP THIS

पशुपति सहकारीमा नयाँ नेतृत्व

पशुपति सहकारीमा नयाँ नेतृत्व

 

भैरहवा ।

तिलोत्तमा नगरपालिका वडा नं. १५ मा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पँुजी २ करोड ३० लाख ४० हजार ३ सय पुगेको छ । संस्थाको गत वर्ष शेयर पुँजी २ करोड १८ लाख ३ सय रहेको थियो । निक्षेप वचत तर्फ १७ करोड १२ लाख २५ हजार ३ सय ४५ रहेको छ । गत वर्ष निक्षेपमा १४ करोड ९४ लाख ७५ हजार ६ सय ३५ रहेको थियो ।

संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा शेयर लाभांश कोषमा ९ लाख ७१ हजार ८ सय ४३ रुपैँया, कर्मचारी बोनसकोषमा १ लाख ७ हजार ९ सय ८२ रुपैँया, सहकारी शिक्षाकोषमा ७९ हजार ४ सय ६५ रुपैँया, घाटा पुर्ति कोषमा ५ लाख २६ हजार ८ सय ३६ रुपैँया रहेको छ ।

पशुपति सहकारीको आठौँ अधिवेशन तथा २२ औं वार्षिक साधारणसभा सम्बोधन गर्दै तिलोत्तमा १५ का वडा अध्यक्ष खेमराज गुरुङले सहकारीले सेवा सुविधा चुस्त दुरुस्त बनाउनुका साथै शेयर सदस्यको रकम सुरक्षित रहने वातावरण दिगो योजना बनाएर अगाडि बढ्न आग्रह गरेका थिए । सहकारीले आफ्नो शेयर सदस्यहरुको आर्थिक उपार्जनको लागि कृषिकर्जा, व्यवसायी कर्जा, शैक्षिक कर्जामा न्यूनतम व्याजदरमा लगानी गरेको अध्यक्ष रामनाथ उपाध्यायले बताए । संस्थामा आर्थिक पार्दर्शिता रहेकोले कोही कसैको लगानी डुब्छ कि भनेर चिन्ता गर्ने अवस्था नरहेकोले ढुक्क भएर संस्थामा लगानी गर्न इच्छुकलाई उपाध्यायले आग्रह गरे ।

संस्थाका अध्यक्ष रामनाथ उपाध्यायको अध्यक्षता,उपाध्यक्ष सुशीला पाण्डे को स्वागत मन्तव्य र सचिव अर्जुन बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पशुपति सहकारीमा नयाँ नेतृत्व

अध्यक्ष डोलराज बस्याल, उपाध्यक्ष थमन बहादुर क्षेत्री, सचिव अर्जुन बस्याल, कोषाध्यक्ष लीलामणि भुसाल, कार्यसमिति सदस्य पुरुषोत्तम सुवेदी, ताराप्रसाद नेपाल, गोमा गैरे, भुवानन्द पाण्डे, पूर्णभद्र बस्याल, संगिता श्रेष्ठ, भिमा भण्डारी निर्वाचित भएका छन् । लेखा समितिमा बिष्णु प्रसाद पाण्डे, सदस्यमा चन्द्रकान्त बस्याल र प्रकाश बन्जाडे रहेका छन् । ऋण उपसमितिमा पशुपति भण्डारी संयोजक सदस्यमा लक्ष्मण भट्टराई रहेका छन् । शिक्षा उपसमितिमा दिपक प्रसाद बस्याल र बिष्णुप्रसाद भट्टराई सदस्यमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, असोज १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij