प्रधान न्यायाधीशले मन्त्रिपरिषद्‌मा भाग खोजेको समाचारमा सत्यता छैन : सरकार

प्रधान न्यायाधीशले मन्त्रिपरिषद्‌मा भाग खोजेको समाचारमा सत्यता छैन : सरकार

काठमाडौँ – सरकारले प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग मागेको समाचारमा सत्यता नभएको जनाएको छ । सरकारका प्रवक्तासमेत रहेका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे बताएका हुन् । ‘प्रधान न्यायाधीशको भाग भन्ने किसिमले जुन चर्चा छ,’ प्रवक्ता कार्कीले भने, ‘त्यसमा सत्यता छैन ।’

यसअघि विभिन्न सञ्चारमाध्यमहरूले प्रधान न्यायाधीश जबराले आफूले सिफारिस गरेको मान्छेलाई संविधानतः ६ महिनाका लागि मन्त्री बनाउन भनेको समाचार सार्वजनिक भएका थिए । यही विषयमा सोमबार (हिजो) सर्वोच्च अदालतले विज्ञप्ति निकाल्दै ‘पुष्टि गर्न चुनौती’ दिएको थियो । त्यसलगत्तै नेपाल बार एशोसिएनले विज्ञप्ति निकाल्दै प्रधान न्यायाधीशको नाम ‘मन्त्रिपरिषद् विस्तारसँग जोडिनु असंवैधानिक’ भनेको थियो ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको अढाई महिना बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यसपछि सरकारको आलोचना शुरू भएको छ । यद्यपि कार्कीले मन्त्रालय बाँडफाँटलगायतका विषयमा मोटामोटी सहमति जुटेकाे बताए ।

प्रकाशित मिति : मंगलबार, असोज १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij