मानव बेचबिखन नियन्त्रण गर्न तथ्यांक व्यवस्थापन आवश्यक

मानव बेचबिखन नियन्त्रण गर्न तथ्यांक व्यवस्थापन आवश्यक

रुपन्देही

मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि प्रभावकारी योजना निर्माण गर्न स्थानीय स्तरमा तथ्यांक व्यवस्थापन आवश्यक रहेकामा जोड दिइएको छ ।
माइती नेपालको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित तथ्यांक व्यवस्थापन विषयक अभिमूखीकरण कार्यक्रमका सहभागीले मानव बेचविखन रोक्नका लागि सरकारपक्षबाट योजना निर्माण तथा अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउन तथ्यांक संकलन र व्यवस्थापन जरुरी रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले नगरका काम चुस्त दुरुस्त बनाउन तथ्यांक संकलन र व्यवस्थापन अनिबार्य भएको बताउनुभयो । उहाँले बुटवललाई लैङ्गिक हिंसामुक्त शहर निर्माणका लागि रणनीतिक कार्ययोजना बनाएर काम अघि बढाइएकाले मानव बेचबिखन रोकथामलाई पनि यसमा समेटिएको बताउनुभयो ।
समुदायमा बेचबिखन र हिंसामा पर्न सक्ने व्यक्ति तथा जोखिम समूह पत्ता लगाउन उपमहानगरका टोल टोलमा निगरान समूह गठन गरिएको जानकारी गराउँदै अब तथ्यांकलाई समेत थप व्यवस्थित गरेर कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले तथ्यांक व्यवस्थि तगर्न नसक्दा अनुमानकै भरमा काम गर्नुपरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “तथ्यांकका आधारमा काम गर्दा कार्यक्रमको प्रतिफल राम्रो आउँछ तर अनुमानका भरमा कार्यक्रम गर्दा नतिजा राम्रो आउँदैन ।” कम समयमा र कम लगानीमा गरिने कार्यक्रमको प्रतिफल नगन्य हुने भएकाले यसका लागि तथ्यांक संकलन र व्यवस्थापनमा ध्यान दिन आवश्यक भएको धारणा राख्नुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै माइती नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत रविन्द्र सापकोटाले जोखिममा परेका र जोखिमबाट बचेका समूहको एकिकृत तथ्यांक व्यवस्थापन र सूचना प्रणालीको विकास तथा जोखिमयुक्त समुदायको अनुगमन लगायतका विषय राष्ट्रिय कार्ययोजनामा समेटिएको जानकारी गराउँदै छिट्टै तथ्यांक संकलन र व्यवस्थापनको विषयलाई वडा स्तरसम्मै पु¥याएर सरकारलाई सहयोग गर्ने बताउनुभयो । उहाँले तथ्यांक व्यवस्थापनका लागि सफ्टवेयर निर्माणको तयारी भइरहेकाले त्यसका लागि सुभाmव संकलनको काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतम, इन्सेक प्रतिनिधि रिमा बिसी, प्रहरी सहायक निरीक्षक युवराज चन्द लगायतले छिटो छरितो कामका लागि तथ्यांक व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, असोज १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij