नवरात्रको तेस्रो दिन: आज चन्द्रघण्टा देवीको आराधना

नवरात्रको तेस्रो दिन: आज चन्द्रघण्टा देवीको आराधना

काठमाडाैँ – नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ। दशैँकाे घटस्थापनासँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

हिन्दु धर्मावलम्बीहरूले वैदिक विधिमार्फत यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्छन्। घटस्थापनाका दिनदेखि सुरु भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्म शुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले सिञ्चित गरिन्छ ।

तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्च पल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ। हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धि दात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाउने चलन छ ।

प्रकाशित मिति : शनिबार, असोज २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij