२४ घण्टामा ६ प्रतिशतभन्दा धेरैमा कोरोना पुष्टि, थप १२ सङ्क्रमितको ज्यान गयो

२४ घण्टामा ६ प्रतिशतभन्दा धेरैमा कोरोना पुष्टि, थप १२ सङ्क्रमितको ज्यान गयो

काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा देशभर सात सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार एक सय ९५ नमुनाको परीक्षण गर्दा सात सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ४३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९५ हजार नौ सय ७७ पुगेको छ ।

यस्तै थप आठ सय ८८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार आठ सय ३१ पुगेको छ ।

२४ घण्टामा थप १२ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ४३ पुगेको छ ।

अहिले १४ हजार सात सय ८७ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १४ जनाको भेन्टिलेटर र एक सय ११ जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख २७ हजार पाँच सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८३ लाख १७ हजार नौ सय दुई जनाले पहिलो मात्रा र ६४ लाख ६२ हजार सात सय ७६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : सोमबार, असोज २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij