काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ ।
क्यानले सोमबार (आज) मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । मुख्य प्रशिक्षक पदबाट डेव ह्वाटमोरले राजीनामा दिएपछि हाल यो पद रिक्त छ । इच्छुक व्यक्तिले अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।
क्यानको मुख्य प्रशिक्षक पदमा इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ का प्रशिक्षक रहेकाले ,आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्रमा ५ वर्ष प्रशिक्षकको भूमिका निभाएकाले, क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेकाले दर्खास्त दिन सक्नेछन् ।
प्रकाशित मिति : सोमबार, कार्तिक १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्