एमाले वडा नम्बर १३ को अध्यक्षमा थापा सर्बसम्मत

एमाले वडा नम्बर १३ को अध्यक्षमा थापा सर्बसम्मत

रुपन्देही
नेकपा ( एमाले) बुटवल उपमहानगर कमिटी वडा नम्बर १३ को आज सम्पन्न अधिबेशनले झबिन्द्र थापाको अध्यक्षतामा सर्बसम्मत नयाँ कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा शिबलाल उपाध्याय, सचिबमा जमुना सुवेदी, उप सचिबमा कमला पान्डे र सुर्य सुवेदी निर्बाचित हुनुभएको छ । अधिबेशनले ४१ सदस्यीय नयाँ कमिटी सर्बसम्मत चयन गरेको हो ।
अधिबेशनको उदघाटन समारोहमा बोल्दै नेकपा (एमाले) केन्द्रिय प्रचार बिभाग सदस्य डि आर घिमिरेले नेताले बाटो बिराएपनी कार्यकर्ता सचेत रहेकाले पार्टी बलियो रहेको बताउनुभयो । “पार्टी सशक्त बनाउन कार्यकर्तालाई अझै प्रशिक्षण जरुरी छ । निति सिद्धान्त नवुझ्दा कर्याकर्ता नटिक्न सक्छ्न, त्यसैले पार्टीले यसमा अगुवाइ गर्नुपर्छ ।“ उहाँले भन्नुभयो ।
प्रधानन्यायाधीशले न्यायपालिकाको गरिमा राख्न नसकेकाले सर्बत्र आलोचना भैरहेको बताउँदै उहाँले न्यायालयमा राजनीति हुँदा सत्ता बदलिएको उल्लेख गर्नुभयो ।
क्षेत्रीय संयोजक तेजेन्द्र केसीले बिगतका बर्षमा पार्टीको नीति र सिद्धान्त बुझेका कार्यकर्ताको भिड जम्मा हुँदा समस्या रहे पनि अब प्रतिबद्ध कार्यकर्ताको सक्रियताले झन बलियो हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले संगठनबाट केही ब्यक्ति बाहिरीए पनि एमालेको जग बलियो भएकाले कुनै असर नगर्ने दाबी गर्नुभयो । “अब हामी एउटै नीति र सिद्धान्तमा अघि बढछौ “, उहाँले भन्नुभयो ।
जिल्ला कमिटी सदस्य मधुकला कुवरले बिगतको निर्वाचनबाट पाठ सिकेर पार्टीलाई नयाँ उचाईमा पुर्याउन सबैको सक्रियता आवस्यक रहेकोमा जोड दिनुभयो ।
बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले वडा नम्बर १३ मा यसअघि चुनावमा पराज बेहोर्नु परेपनी आगमी चुनावमा सबैभन्दा बढी अन्तरले जित्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।
जिल्ला कमिटी सदस्य किसन ज्ञवालीले टोलदेखि केन्द्रसम्म नयाँ नेतृत्व चयन गरि पार्टीलाई देशभर बिजयी बनाइ मुलुकको शान्ती र समृद्धिको आकान्क्षा पूरा गर्नुपर्ने धारणा राख्नुभयो ।
नेता योग गुरुङले संगठन मजबुद बनाउन सबैको एकता आवश्यक रहेको बताउँदै शाखा कमिटीलाई अझै सक्रिय बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्ब अध्यक्षहरु मोहन गौडेल, भरतराज गौतम, नगर कमिटीका सचिबालय सदस्य शोभाखर पोखरेल, शाखा कमिटी निवर्तमान अध्यक्ष दिपक पन्थी, सचिब जमुना सुवेदी लगाएतले बोल्दै अब वडा सहित नगरलाई एमालेमय बनाउन सबैले सक्रिय भुमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, कार्तिक ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij