प्रतिनिधि सभा बैठक आज, एमाले नाराबाजीबाट पछि हट्ला ?

प्रतिनिधि सभा बैठक आज, एमाले नाराबाजीबाट पछि हट्ला ?

काठमाडाैँ – प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।

यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर आजका लागि सारिएको थियो ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्ने सम्भावित कार्यसूची छ ।

एमाले नाराबाजीबाट पछि हट्ला ?
यसअघि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारवाहीको पत्र सभामुख अग्नि सापकोटालाई दिए पनि सभामुखले कारबाहीको प्रक्रिया अघि नढाएपछि एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने एमालेको माग छ । सभामुख अग्निप्रसाद सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भनेर एमालेलाई सम्झाइरहेका छन् । तर, निकास ननिस्कँदा पुरै अधिवेशन प्रभावकारी हुन सकेको छैन । निकास खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ गठबन्धन, सभामुख अग्निप्रसाद सापकोटाले केही पहल गरेका छन् । तर, उनीहरूको पहलले सार्थकता पाउन सकेको छैन ।

संसद्मा निरन्तर अवरोध र आफूविरुद्ध नाराबाजी भइरहेपछि सभामुख सापकोटाले २८ जेठ २०७८ मा संसद्मा रहेका दलको बैठक राखे । तर, एमाले सहभागी भएन । त्यसपछि सभामुख र सत्तारुढ दलहरू प्रतिपक्षीलाई पेलेरै अगाडि बढ्ने निष्कर्षमा पुगे र एमालेको नाराबाजीलाई बेवास्ता गर्दै बजेट पारित गरे ।

बजेट पारित भएपछि प्रधान मन्त्री शेरबहादुर देउवाले नै एमालेलाई मनाएर संसद् चलाउने प्रयत्न गरे । उनले तत्कालीन कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटक-पटक एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको बालकोट पठाए । यो प्रयास पनि सार्थक हुन सकेको छैन । १४ सांसदलाई पार्टीले गरेको कारवाही सभामुखले अघि नबढाएसम्म संसद्मा नाराबाजी निरन्तर गर्ने एमालेको अडान छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij