संसद् : १६ दिनपछि बस्याे, १८ दिन स्थगित भयाे

संसद् : १६ दिनपछि बस्याे, १८ दिन स्थगित भयाे

काठमाडौँ – प्रतिनिधि सभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले गजेन्द्रबहादुर हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

यस्तै प्रधान मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे ।

सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गरेको छ । यसपछि सभामुख सापकोटाले बैठक १८ दिनका लागि स्थगित भएको जानकारी सदनलाई गराए । यसअघि बैठक असाेज २५ गते बसेकाे थियाे ।

बैठकमाले प्रमुख प्रतिपक्षी दल एमालेले भने नाराबाजी कायमै राखेको थियो । गत भदौ २३ गतेयता नै संसद्‌मा नाराबाजी गर्दै आएको एमालेले आज पनि नाराबाजी कायमै राखेको थियाे ।

एमालेले नाराबाजी कायमै राखेपछि सभामुख सापकोटाले पुरानै शैलीमा पुरानै विषय स्मरण गराए । यद्यपि एमाले सांसदहरूले नाराबाजी गर्न छाडेनन् । एमालेले खासगरी खासगरी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई संसद्‌मा प्रवेश नदिनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij