सीमा नाकामा थप कडाइ गरिने

सीमा नाकामा थप कडाइ गरिने

काठमाण्डाै – देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ ।

गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

कडाइ गर्नका लागि नाकामा सीसीटीभी जडान, आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय भएको छ । नाकामा हुँदै आएको स्वास्थ्य जाँचलाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ ।

बैठकमा नेपालमा अफगानी नागरिक र अन्य देशका नागरिक के कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्री एवं गृह मन्त्री बालकृष्ण खाडलाई ब्रिफिङ गरेका छन् । गृहमन्त्री खाडले अनधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न निर्देशन दिनुभएको छ ।

गएको आठ गते काठमाण्डौको सिनामङ्गलबाट ११ जना अफगानी शरणार्थीलाई पक्राउ परेका थिए।

प्रकाशित मिति : शनिबार, कार्तिक १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij