काठमाडौं । सर्वोच्च अदालतमा आज (मंगलबार) पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेसी तोकिएको छ । हिजो पनि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइका लागि पेसी तोकिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेसी तोकेका हुन् । उनले आज पनि आफ्ना लागि इजलास गठन गरेका छैनन् ।
यसैबिच प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्