चौबीस घण्टामा थप ४६९ जनामा संक्रमण पुष्टि, ५५५ डिस्चार्ज

चौबीस घण्टामा थप ४६९ जनामा संक्रमण पुष्टि, ५५५ डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ११५ जनाको पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ जना गरि कुल ४६९ जनामा कोरोना पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ७४ रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४२७ पुगेको छ ।

त्यस्तै, चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या पीसीआर विधिबाट ८ लाख १३ हजार ४३३ र एन्टीजेन विधिबाट ९४ हजार ६७४ पुगेको छ । नेपालमा निको हुने दर ९७ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij