प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक, लुम्बिनीमा खाँण

प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक, लुम्बिनीमा खाँण

नेपाली काँग्रेस पार्टी काे अाइतबार बुढानिलकण्ठमा बसेकाे केन्द्रिय कार्यासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गत सातवटै प्रदेशको महाधिवेशन हुने स्थान तोकेको छ । आज बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले अधिकांश प्रदेशको अधिवेशन सम्बन्धित प्रदेशको राजधानीमा नै हुने गरी तोकेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश–१को विराटनगर, प्रदेश–२को जनकपुर, बागमति प्रदेशको हेटौडा, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा महाधिवेशन हुने छ भने लुम्बिनी प्रदेशको महाधिवेशन भने राजधानी दाङ भए पनि बुटवलमा गरिने भएको छ ।

त्यस्तै, बैठकले प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक पनि तोकेको छ । बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो । प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij