रोटरी क्लव अफ बुटवलको तेस्रो क्लव एसेम्बली

रोटरी क्लव अफ बुटवलको तेस्रो क्लव एसेम्बली

बुटवल-रोटरी क्लव अफ बुटवलको तेस्रो क्लव एसेम्बली एवं क्लवको १३८९ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । तेस्रो क्लव एसेम्बलीका क्रममा विभिन्न कमिटी चेअरहरुले आ–आफ्नो कमिटीको प्रतिवेदन प्रस्तुत गर्दै प्रगति विवरण पेश गरेका छन् ।
एसेम्बलीमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २१ का एजी राजेन्द्र कार्कीले वार्षिक कार्ययोजना अनुसार नमुना काम भइरहेको बताउँदै क्रियाशिलता अझै बढाउन र क्लबको पदीय भुमिका अनुसार काम गर्न आग्रह गरे ।
निकै कठिन समयको अवस्थामा पनि शिक्षा, स्वस्थ्यका क्षेत्रमा सचेतनाका धेरै काम क्लबबाट भएको भन्दै उनले समाजको आवश्यकता हेरी सेवा गर्न सके उपयोगी हुने बताए । विश्वमा नै कोभिड १९ को बेला सामाजिक कार्यमा अग्रसर रहेको रोटरीको टिआरएफ बढाउन सबैबाट सहयोग गर्न उनले आग्रह गरे ।
क्लव एडमिनिस्ट्रेशन कमिटी चेयर रोम शर्माको लक्ष्य अनुसार प्रशासनिक पक्षमा भएका कार्यप्रगति जानकारी गराएका थिए । उनले चारवटा बोर्ड बैठक र १८ वटा नियमित बैठक सम्पन्न भैसकेको जानकारी गराउँदै अक्षयकोषलाई एकलाख रुपियाँले वृद्धि गर्ने तयारी गरिएको बताए ।
यसैगरि मेम्बरसीप कमिटी चेयर झविन्द्रप्रसाद कंडेल, सर्भिस प्रोजेक्ट कमिटी लेखनाथ भुसाल, द रोटरी फाउन्डेसन कमिटी चेयर दया भण्डारी, पव्लिक रिलेशन कमिटी चेअर यदुनाथ पाण्डे, न्यू जेनरेशन कमिटी चेअर लक्ष्मण प्रसाद श्रेष्ठ, आरएनएलएम कमिटी चेअर प्रविणबहादुर पाठक,आउटगोइङ प्रोजेक्ट चेअर छविलाल पोखरेल, फेलोसिप कमिटी चेअर रेखा ज्ञवालीको रिपोर्ट प्रस्तुत गरिएको थियो ।
क्लव एसेम्बलीमा बोल्दै एजी राजेन्द्र कार्कीले रोटरी क्लबका सदस्यहरुको जिम्मेवारीका बारेमा चर्चा गर्दै क्लबको गतिशीलता, क्लबको सदस्यहरुको क्रियाशीलतामा भर पर्ने बताउँदै हरेक क्लबका सदस्यहरुले ‘म रोटरीयन हुँ, मैले रोटरी क्लबको गरिमालाई उँचो बनाउनुपर्छ’ भनेर सोच्नुपर्ने बताए । रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्षहरु आमोद सिमाङ्गैडा, पुरनप्रसाद श्रेष्ठ, हरिप्रसाद पौडेल लगायतले क्लबको हिसाबकिताबलाई कसरी पारदर्शी बनाउने भन्ने विषयमा चर्चा गर्दै धेरै क्लबहरुमा हिसाबकिताब पारदर्शी नहुने भएकोले विवाद उठ्ने हुँदा रोटरी क्लब त्यस्तो रोगबाट मुक्त हुनुपर्ने बताए ।
क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले हरेक रोटरियनहरुको व्यक्तित्वको प्रभाव रोटरी क्लबको ‘इमेज’ सँग जोडिने भएकोले रोटरीका सदस्यहरुले जहिले पनि उत्कृष्ट काम गरेर आफू र आफ्नो क्लबलाई समाजमा स्थापित गर्नुपर्ने बताए । उनले एक्लो प्रयासले मात्रै सिंगो संस्था हाँक्न नसकिने हुँदा सिंगो संस्था हाँक्न सिंगो रोटरीयनहरु सक्रिय हुनुपर्ने बताए ।
बैठकमा रोटरीयनहरु बोनिन पिया, करुण खनाल, खिमनारायण पराजुली, सुवाश गुप्ता, गोपालप्रसाद अधिकारीलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : शनिबार, मंसिर ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij