रुपन्देही
नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत रुपन्देहीका दश प्रदेश सभा क्षेत्रीय समिति मध्ये नौं वटाको परिणाम आएको छ । एउटा निर्वाचन क्षेत्रको भने पार्टीमा दुई पक्षको विवादका कारण मतगणना बिचमै रोकिएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताउनु भयो ।
रुपन्देही क्षेत्र नं. ३ (क) को विवादका कारण मतगणना बिचमै रोकिएको हो । निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार दुबै पक्ष सहमतिमा गएपछि मतगणना अगाडि बढ्नेछ ।
रुपन्देहीका क्षेत्र नं. १ अन्तरगत प्रदेश (क) र (ख) मा क्रमशः नविन आचार्य र मदनप्रसाद पोखरेलको प्यानल विजय भएको छ । क्षेत्र नं. १ को प्रदेश क र ख दुबैमा सभापत शेरबहादुर देउवा समुहले जित हात पारेको हो ।
क्षेत्र नं. २ अन्तरगत प्रदेश (क) र (ख) मा क्रमशः खड्गबहादुर महत र पर्शुराम ढकालको प्यानल विजयी भएको छ । प्रदेश प्रतिनीधिमा भने दुबै क्षेत्रमा २÷३ जना अर्को प्यानलका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं. २ मा भने संस्थापन ईतर समुहका उम्मेदवारले जित निकालेका छन् ।
क्षेत्र नं. ३ मा प्रदेश (ख) मा घनश्याम चालिसेको प्यानल विजयी भएको छ । क्षेत्र नं. ३ (क) मा भने दुई पक्ष विचको विवादका कारण मतगणना बिचमै रोकिएको छ । क्षेत्र नं. ३ को ख मा संस्थापन समुहको प्यानल विजयी भएको छ ।
रुपन्देहीको क्षेत्र नं. ४ को (क) र (ख)मा क्रमशः शिवकुमार यादव र श्रीराम यादवको प्यानल विजयी भएको छ । क्षेत्र नं. ४ को दुबै प्रदेशमा संस्थापन ईतर समुहको प्यानल विजयी भएको हो । त्यस्तै क्षेत्र नं. ५ को (क) मा रामबहादुर थापाको प्यानल निर्वाचित भएको छ भने (ख)को सभापतिमा विन्दराम यादव सहित सबै पदाधिकार तथा प्रदेश प्रतिनीधि निर्बिरोध भएको छ ।
रुपन्देहीको क्षेत्र नं. ५ नेता भरतकुमार शाहको निर्वाचन क्षेत्र हो । उक्त क्षेत्रमा नेता शाहले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गरेका कारण नेता शाह जुन समुहमा उभियो त्यही समुहलाई सहयोग गर्ने देखिन्छ । पार्टीको संस्थापन समुहमा रहेका नेता शाह अहिले संस्थापन ईतर समुहमा नजिक देखिएपनि खुलिसक्नुभएको भने छैन ।
प्रकाशित मिति : शनिबार, मंसिर ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्