दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते

file photo

दाङ – दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न सकेको छैन ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij