काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार २९५ जनाको पीसीआर परीक्षण गर्दा २२० र १ हजार ५०२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १८ जना गरि कुल २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ ।
त्यस्तै, चौबीस घण्टामा थप ३९२ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ४ हजार १०८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ ।
त्यस्तै, चौबीस घण्टामा थप ५ जनाको कोरोना संक्रमणका पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्युु हुनेको कुल संख्या ११ हजार ५४० पुगेको छ ।
त्यस्तै, चौबीस घण्टामा देशभर थप १ लाख ३० हजार ६८८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्