काठमाडौं – नेपालमा सोमबार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार १ सय १४ पीसीआर परीक्षणका क्रममा २३८ जना र १ हजार ५०३ जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४३ जनाको कोरोना कारण मृत्यु भएको छ ।
त्यस्तै थप ३ सय ५७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार ९ सय १ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ३ सय ८६ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्