काठमाडौं- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको सह-महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन। नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन।
कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि सुरू हुदैँ छ। उनी सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन्। ‘मैले सभापतिज्यूलाई भेटेर सह-महामन्त्रीमा उठ्छु भनिसकेको छु, सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले मैले अहिले तपाईंहरूमाझ आफ्नो उम्मेदवारी घोषणा गर्दैछु।’
नेपाल दलित संघको केन्द्रीय अध्यक्षसमेत रहेका विश्वकर्मा १२ औँ र १३ औँ महाधिवेशनमा निरन्तर केन्द्रीय सदस्य निर्वाचित हुन। हाल प्रतिनिधिसभा सदस्य समेत रहेका विश्वकर्मा पूर्व बाणिज्यमन्त्री र संविधानसभा सदस्य समेत हुन।
उनले बीपीले विवेकबाट सुरू गरेको समावेशीकरणलाई वर्तमान सभापति शेरबहादुर देउवाले विधानमार्फत कार्यान्वयनमा लगेको बताएका छन।
प्रकाशित मिति : बिहिबार, मंसिर २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्