रामचन्द्र महाधिवेशनका सबै प्रक्रियाबाट अलग हुने, भोट पनि नहाल्ने

रामचन्द्र महाधिवेशनका सबै प्रक्रियाबाट अलग हुने, भोट पनि नहाल्ने

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जारी १४औं महाधिवेशनका सबै प्रक्रियबाट अलग हुने भएका छन् । उम्मेदवारी मनोनयन गर्ने दिन विज्ञप्ति निकालेर कुनै पदमा उम्मेदवारी नदिने बताएका पौडेलले मतदान पनि कसैलाई नगर्ने भएका हुन् ।

पौडेलका प्रेस संयोजक खिला कार्कीकाअनुसार पाैडेलले अब कुनै पनि नेतालाई समर्थन गर्ने छैनन् । ‘उहाँ महाधिवेशनका सबै प्रक्रियाबाट अलग हुने हो, त्यो भन्नुको मतलब उहाँले मतदान पनि गर्नुहुन्न ।’ कार्कीले भनेका छन् ।

आफ्नो पक्षबाट एकमात्र उम्मेदवार बनाउन गरेका अनेकौँ प्रयास असफल भएपछि पौडेल असन्तुष्ट भएका छन् । उनले अब आफूले राजनीतिबाट सन्न्यास लिने भन्दै उद्घाटन समारोहमा पनि नजाने बताएका थिए । तर उनीनिकट नेताहरूले सम्झाएपछि उद्घाटन समारोहमा गएका थिए ।

पौडेल पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको उम्मेदवारी दिने भएका छन् । दुवैजनाले एकले अर्कोलाई नछोड्ने बताएपछि पौडेललाई नै साझा उम्मेदवार बनाउने प्रयास केही नेताहरूले गरेपनि सिंहले आफू कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने बताएपछि पौडेलको नाममा पनि सहमति जुट्न नसकेको हो ।

सहमति नजुटेपछि पौडेल भावुक भएका थिए ।

प्रकाशित मिति : शनिबार, मंसिर २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij