दाङ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २ सय २७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गरेको छ । प्रदेश राजधानी भालुवाङमा शनिवार र आइतवार भएको प्रदेश सम्मेलनबाट २२७ सदस्यीय समिति निर्विरोध भएको हो ।
प्रदेश कमिटी चयन गरेपनि सम्मेलनबाट पदाधिकारी भने चयन भएको छैन । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले प्रदेश समितिको आजको बैठकले नै पदाधिकारी टुंगो लगाउने बताए । ‘पदाधिकारी टुंगो लगाउन आज बैठक बस्दैछ’ उनले भने, ‘सम्भवतः निर्विरोध पदाधिकारी टुंग्याउने प्रयास भइरहेको छ ।’
कुल २५३ प्रदेश समितिमा बाँकी रहेका सदस्यहरू प्रदेश कमिटीले मनोनयन गर्ने उनले बताए ।
प्रकाशित मिति : सोमबार, मंसिर २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्