रुपन्देही- बुद्धजन्मस्थल लुम्बिनीमा साँस्कृतिक तथा सडक खाना महोत्सव हुने भएको छ ।
लुम्बिनी होटल संघले आज लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा लुम्बिनीको मुख्य बजार महिलवारमा पुष १६ र १७ गते लुम्बिनी साँस्कृतिक तथा आठौ सडक खाना महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो । महोत्सवमा विभिन्न खानाका परिकारका करीब सय बढी स्टलहरु रहने छन् ।
महोत्सवको आकर्षणका रुपमा विभिन्न देशका खानाका परिकार, स्थानीय बिराहा नाच, विभिन्न जातीहरुको सँस्कृति झल्कने प्रस्तुती तथा साँंस्कृतिक कार्यक्रम रहने अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी गराउनुभयो । कोरोना महामारिका कारण विगत दुई वर्ष सडक खाना महोत्सव आयोजना गर्न नसकिएकाले यस पटकको महोत्सव विशेष रहने उहाँको भनाइ छ ।
संघकाअनुसार महोत्सवमा पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय, लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा विभिन्न पालिकाको सहयोग रहने छ ।
खाना महोत्सवमा रुपन्देही सहित कपिलवस्तु, नवलपरासी लगायत भारतीय सीमावर्ती बजारका साथै लुम्बिनी भ्रमणमा आउने बिदेशी पर्यटकहरूको समेत सहभागिता रहने छ ।
लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको महोत्सवमा नेपाली विभिन्न जातजातिका खाना, विदेशीमा भारतिय,चाइनिज, थाई, कम्बोडियन, कोरियन, श्रीलंकन, युरोपियन देशका खानाका परिकार समेत राख्ने तयारी गरिए पनि कोरोना महामारीका कारण लुम्बिनीका बिहार बन्द रहेकाले सम्भव नदेखिएको उपाध्यक्ष लिलामणी शर्माले बताउनुभयो । “कोरोना महामारीलाई ध्यानमा राखेर सुरक्षित तरिकाले महोत्सव आयोजना गरिने छ”, उहाँले भन्नुभयो ।
खाना महोत्सव अवधिमा होटलमा बास बस्ने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि लुम्बिनी क्षेत्रका होटलमा आवासमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो । संघका अनुसार लुम्बिनीमा ९० वटा होटल सञ्चालनमा रहेका छन् ।
महोत्सव स्थलमा आवतजावतका लागि स्थानीय यातायात व्यवसायीसँगको समन्वयमा निशुल्क रुपमा छोटो दुरीका सार्वजनिक सवारी साधनको व्यवस्था मिलाइएको महासचिब पुरुषोत्तम अर्यालले बताउनुभयो । महोत्सव आयोजनाका लागि रु ३३ लाख ५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्