यू-१९ एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्

यू-१९ एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्

काठमाडौं – युएईमा भइरहेको प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोली यस पटक टेष्ट नेशनलाई समेत हराउने लक्ष्यसहित युएई पुगेको छ । प्रशिक्षक बसन्त शाही ठकुरीले युएई जानुअघि टेष्ट नेशनलाई आश्चर्यचकित पार्ने लक्ष्य रहेको बताउँदै नकआउट चरणमा पुग्ने लक्ष्य रहेको बताएका थिए ।

समूह चरणमा नेपालले दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकासँग खेल्ने छ । यस्तै अर्को टिम कुवेत छ ।

प्रशिक्षक ठकुरीले समूहका कुनै टोलीलाई कमजोर नआँक्ने समेत बताएका छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका गुल्शन झासहित घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कप्तान देव, अर्जुन कुमाल, अर्जुन साउद, विवेक यादव लगायत खेलाडी नेपाली टिममा छन् ।

प्रकाशित मिति : शुक्रबार, पुष ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij