काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिलाई कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसनको खोप दिने व्यवस्था मिलाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै एक डोज मात्रै लगाए हुने जोनसन एण्ड जोसन खोप विदेश जाने सबैलाई दिने जनाएको छ ।
मन्त्रालयले विदेश जाने नागरिकका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाएको हो ।
खोप लगाउन जाँदा पास्पोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्ने छ ।
प्रकाशित मिति : सोमबार, पुष १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्