काठमाडौं – नेपालमा पछिल्लाे चौबीस घण्टामा २४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ र २ हजार ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जना गरी कुल २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको कुल संख्या ४ हजार ८७१ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २२८ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ११ हजार ७४६ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, पुष १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्