काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने तथा सुझाव दिने क्रम सकिएको छ ।
काठमाण्डौकाे प्रज्ञा भवन कमलादीमा चलिरहेको बन्द सत्रमा आज बिहीवार थप १४ वटा समूहका टोली नेताले समूहगत निष्कर्ष र सुझाव दिएका हुन् । उनीहरूले उठाएका प्रश्नको जवाफ भोलि शुक्रवार अध्यक्ष प्रचण्डले दिने माओवादी केन्द्रले जनाएको छ ।
अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ । आजै नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी भए पनि अध्यक्ष प्रचण्डले जवाफ दिनका लागि समय मागेपछि नेतृत्व चयन प्रक्रिया भोलि मात्रै सुरु हुनेछ ।
आज नेकपा माओवादी केन्द्रको महाधिवशेनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको वैचारिक राजनीतिक दस्तावेजमाथि नेता लेखनाथ न्यौपानेल फरक मत राख्नुभएको छ ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनले समेट्नैपर्ने केही विषय नसमेटेको भन्दै युवा नेता न्यौपानेले फरक मत राख्नुभएको हाे । उहाँले पार्टीमा उच्छृङ्खलता मौलाउँदै गएको, नेताहरू सम्पत्ति केन्द्रित हुँदै गएको, भारतको थिचोमिचोविरुद्ध प्रचण्डको प्रतिवेदन मौन रहेको, पार्टीका गतिविधि दक्षिणपन्थ उन्मुख रहेको लगायतका मत राख्नुभएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्