चौबीस घण्टामा थपिए २३५ संक्रमित, २१२ डिस्चार्ज

चौबीस घण्टामा थपिए २३५ संक्रमित, २१२ डिस्चार्ज

काठमाडौं – नेपालमा गत चौबीस घण्टा थप २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ र १ हजार १९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ११ जना गरि कुल २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ४ हजार ८७९ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २१२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ११ हजार ९५८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५९४ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij