काठमाण्डाै – नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संशोधन भएको छ । सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल गरिरहेको माओवादी केन्द्रले आज आइतवार तेस्रो पटक तालिका संशोधन गरेको हो ।
माओवादी केन्द्रले यसअघि हिजाे शनिवार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आज दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले फेरि अर्को तालिका सार्वजनिक गरेर दिउँसो ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।
नयाँ तालिकाअनुसार मतदान भने भोलि साेमवार बिहान ८ बजेदेखि तोकिएको छ ।

प्रकाशित मिति : आइतबार, पुष १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्