JanataToday.com

Advertisment

SKIP THIS

फर्निचर उद्योग संघको ११ औं अधिवेशन सम्पन्न अध्यक्षमा टण्डन, महासचिवमा कुवँर

फर्निचर उद्योग संघको ११ औं अधिवेशन सम्पन्न अध्यक्षमा टण्डन, महासचिवमा कुवँर

 

बुटवल-–बुटवल फर्निचर उद्योग संघ, बुटवलको २१ औं बार्षिक साधारणसभा तथा ११ औं अधिवेशन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनले उद्योगी सावित्रा टण्डनको अध्यक्षतामा संघको १५ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसमा प्रथम उपाध्यक्षमा तेजप्रसाद पराजुली, द्वितिय उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा अशोक कुवँर, कोषाध्यक्षमा नेत्र रुचाल, सचिवमा बल बहादुर गोदार र सहकोषाध्यक्षमा गोविन्द पाण्डे निर्वाचित हुनु भएको छ ।
यसैगरि सदस्यहरुमा भोजराज पाण्डे, झविन्द्र खत्री, निरज तिवारी, प्रमे बहादुर गौतम, काशिराम पोखरेल, केशव पौडेल र खिम बहादुर खड्का र महिला सदस्यमा कपिला रायमाझी एसी निर्वाचित भएको संघले जनाएको छ ।
निर्वाचन सम्पन्न गर्न अधिबक्ता लोकप्रसाद खरेल प्रमुख आयुक्त तथा यादव भण्डारी र सुमन अधिकारी आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले विद्यमान उद्योक्ष्संग सम्बन्धित ऐनले नेपालमा उद्योग गर्न सक्ने अवस्था नरहेको हुदा त्यसमा आमुल परिर्वतन गरि उद्योग मैत्री ऐन बनाउनु पर्ने धारणा राख्नु भयोे ।
उहाले बर्तमान ऐन नेपाली लगानीकर्ताहरुले सजिलोसंग उद्योग गर्न सक्दैनन, त्यसलाई परिर्वतन जरुरी छ र त्यसका लागि सरकारले काम थाल्नु पर्ने सुझाव दिनु भयोे । उहाले भन्नु भयो–विद्यमान ऐन विचित्रको छ, उद्यमको विकासका लागि ऐन बाधक बनेको छ । त्यसमा सरकार र दलहरु गम्भिर बन्नु जरुरी छ ।
उपाध्यक्ष क्षेत्रीले स्वदेशी पूजी पलायन भैरहेको अवस्थामा त्यसलाई रोक्ने तर्फ लाग्नुको साटो विदेशी लगानीको खोजी गर्नेतर्फ लाग्नु सहि नभएको बताउदै स्वदेशी उत्पादनको प्रयोगलाई कडाई गर्न सकिएमा नेपाली उत्पादन र उद्योग फस्ट्याउने विश्वास व्यक्त गर्नु भयो ।
स्वदेश काठ र बनस्पतिको उचित संरक्षण गर्दै त्यसको उपयोग नितिलाई सरल बनाएर जानु पर्नेमा उहाको जोड थियो ।
कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ महासंघका केन्द्रीय अध्यक्ष सुजित श्रेष्ठले देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी रहेको र करिव दुई लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उद्योग क्षेत्रलाई राज्यले संरक्षण गर्न नसकेको गुनासो गर्नु भयो । उहाले फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी रहेको र वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि हुने गरेको बताउदै काठको अभावमा उद्योगहरु धाराशाही बन्दै गएको जनाउनु भयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले महासंघले काठ सहज रुपमा उपलब्ध नहुँदा फर्निचर व्यवसाय र उद्योग विस्तारमा बाधा उत्पन्न भएको तर जंगलमा काठ कुहिएर नष्ट भएको जनाउनु भयो । पौडेलले फर्निचर व्यवसायमा दक्ष कामदारको अभाव रहेको एवं झोले भारतिय व्यवसायी राज्यको कानुनी दायरामा नबसेर कारोवार गरेको गुनासो गर्नु भयो ।
संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीको अध्यक्षता, सचिव बल बहादुर गोदारको सञ्चालन तथा प्रथम उपाध्यक्ष तेज प्रसाद पराजुलीको स्वागतमा भएको कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, संघका पूर्व अध्यक्ष विष्णु प्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, संघका सल्लाकार वोनिन पिया, विष्णु कुमार श्रेष्ठ, सूर्यशर्मा सुवेदी लगायत बोल्नु भएको थियो ।
अधिवेशनको बन्दसत्रमा महासचिव अशोक कुवँरद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन र कोषाध्यक्ष नेत्र रुचालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रुपमा पारित गरिएको थियो । अधिवेशनले विधान संशोधन गर्दै संघको नाम परिर्वतन गर्ने, वरिष्ठ उपाध्यक्ष पद थप्ने र सचिवायल गठन गर्ने लगायत प्रस्ताव पारित गरेको विधान संशोधन उपसमितिका संयोजक निर्वतमान अध्यक्ष विष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : आइतबार, पुष १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij