कांग्रेसबाट राष्ट्रियसभामा उम्मेदवार बन्नेकाे टुंगाे लाग्याे

कांग्रेसबाट राष्ट्रियसभामा उम्मेदवार बन्नेकाे टुंगाे लाग्याे

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ।

 

सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो। केन्द्रीय कार्यसमिति बैठक अघि पार्टी कार्यालयमा पदाधिकारीको बैठक बसेको थियो।

जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार बन्ने छन्।

उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित भएकी थिइन्। यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए भने बस्नेतलाई तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रिय सभा सदस्य बन्न पाएका थिएनन्।

महाधिवेशन प्रतिनिधिमा पराजित पौडेल पार्टी कार्यालयका मुख्य सचिव हुन्।

 

प्रकाशित मिति : सोमबार, पुष १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij