JanataToday.com

Advertisment

SKIP THIS

सहकारीको लगानी उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्नेमा जोड :संसार सहकारीमा भट्टराइको नेतृत्व

सहकारीको लगानी उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्नेमा जोड :संसार सहकारीमा भट्टराइको नेतृत्व

 

बुटवल-सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न किसान,उपभोक्ताको आवश्यकता अनुरुपका नीति तथा कार्यक्रमहरु बनाउनु पर्नेमा सहकारीका अभियन्ताहरुले जोड दिएका छन । एउटै प्रकृतिका काम र योजनाहरुले सहकारी क्षेत्रको उत्थान हुन नसक्ने भन्दै उनीहरुले उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन कृषक र उपभोक्ताका आवश्यकता अनुरुपमा योजना र नीति बनाउनु पर्ने बताएका हुन । संसार बचत तथा ऋण सहकारी संस्था बुटवल ११ को बार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन । कार्यक्रममा सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराइले सहकारीहरुले उत्पादन मुलक क्षेत्रलाइ प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताए । संसार बचत तथा ऋण सहकारीका अध्यक्ष बिष्णुप्रसाद वस्तीले सहकारीलाइ समय सापेक्ष बनाउनु पर्ने बताए । लालटिन सहकारीका अध्यक्ष गंगालाल सापकोटा,राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक नारायण बेल्बासे,नेपसनुका बुटवल शखा प्रमुख छत्र प्रसाद धमला,जागरुक साकोसका उपाध्यक्ष हिमलाल भट्टराइ,सहज साकोसका बिशाल बेल्बासे,एम्स कलेज बुटवलका प्रमुख बिकास श्रेष्ठ लगायतले बोल्दै उपभोक्ताहरुलाइ उत्पादनसंग जोड्ने अभियानमा संसार सहकारीले महत्वपूर्ण कार्यहरु गरेको बताए । साधारण सभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पारीत गरेको छ । साथै लेखा सुपरिवेक्षण समितिका संयोजक सुशील पाण्डेले लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । ८३९ शेयर ासदस्य रहेको सहकारीको ऋण लगानी ६ करोड ४२ लाख,शेयर पँुजी ९५ लाख ३२ हजार रहेको सचिव प्रकाश भट्टराइले बताए । सहकारीले तिलोत्तमाको मणिग्राममा सेवा केन्द्र समेत संचालन गरेको पनि उनले जानकारी दिए । सो अबसरमा बिभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेकाहरुलाइ सम्मान गरीएको थियो । उत्कृष्ट बचत कर्ता तर्फ बिनोद थापा,असल ऋणि डम्बरबहादुर घिमिरे,अधिक शेयर सदस्य बृद्धि गर्ने मोहन रेस्मिलाइ सम्मान गरीएको उपाध्यक्ष दिपक भट्टराइले जानकारी दिए । कर्मचारी तर्फ सुमन पाण्डे,रचना थापा र शंकर खनाललाइ सम्मान गरीयो । साधारण सभा तथा अधिवेशनले प्रकाश भट्टराइको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा पदम प्रसाद न्यौपाने,सचिव राजेश खत्री,कोषाध्यक्षमा ढकेश्वर भट्टराइ चयन भएका छन । सदस्यहरुमा सुशील पाण्डे,सुरेश पोखरेल,बरुण घिमिरे,लेखनाथ बस्याल,इश्वर देवकोटा, लेखा समिति संयोजकमा कमल गौतम,सदस्यमा कमल बहादुर थापा र अलाउद्धिन अलि चयन भएको निर्वाचन मण्डलका संयोजक नारायण बेल्वासेले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, पुष २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij