काठमाडौं –नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन छापावाल सुन प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकेको थियो। बुधबार प्रतितोला ९२ हजार ८०० रूपैयाँ मूल्य तोकिएको छ।
यस्तै‚ बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९१ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले बढेर एक हजार २६० रूपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति : बुधबार, पुष २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्