तिलोत्तमाले थाल्यो ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी

तिलोत्तमाले थाल्यो ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी

 

तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी थालेको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिएको र नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने भन्दै तिलोत्तमाले पूर्वतयारीका कामलाई तीव्रताका साथ अघि बढाउने निर्णय गरेको हो ।

आइतबार बिहान बसेको तिलोत्तमा नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोनाको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्ने÷गराउने निर्णय गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले केउलानीमा रहेको अस्थायी कोरोना अस्पताललाई थप स्तरोन्नती गरी स्वास्थ्यकर्मी लगायत आवश्यक उपकरण, स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै ओमिक्रोन भाईरसको बारेमा स्वास्थ्य विज्ञद्धारा जनप्रतिनिधि, स्वास्थ्यकर्मी एवम् सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखीकरण गर्ने, नगरक्षेत्रभित्र कोरोना जोखिमको आँकलन गर्न विभिन्न स्थानहरुमा नमूना संकलन तथा परीक्षण गर्ने निर्णय पनि नगरस्तरीय सिसिएमसीको बैठकले गरेको छ । मुलुक बाहिरबाट आएका व्यक्तिहरुको पहिचान, परीक्षण गरी संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गर्ने, सचेतनामुलक, प्रतिरोधात्मक एवम् स्वास्थ्य प्रवद्र्धनात्मक उपायहरु अवलम्बन गर्न अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ । बैठकमा राजनीतिक दलका नगरस्तरीय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ परिपालना गराइनुपर्नेमा जोड दिएका थिए ।

कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ । नेपालमा दिनानुदिन ओमिक्रोनको संक्रमण बढ्दै गएको तथ्यांकले देखाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्ट पहिलेका भेरियन्टभन्दा तीव्र रुपमा फैलिएको स्वास्थ्य विज्ञहरुले जनाएका छन् ।

प्रकाशित मिति : आइतबार, पुष २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij